प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

मोवाइल चोरी संलग्न युवकको साथबाट ८० राउन्ड गोली बरामद

२०७९ असार २९, बुधबार ०८:५७ बजे

हेटौंडा – मोवाइल चोरी आरोपमा पक्राउ परेका एक युवकको साथबाट ८० राउन्ड गोली बरामद गरिएको छ । मोवाइल चोरी आरोपमा पक्राउ परेका झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबाइल २९ थान, घडी २ थान र नगद ६१ हजार ५०० गरी जम्मा रु ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये एक थान मोवायल, मोवाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । साथै उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।