प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ट्रकको ठक्करबाट तामाङको मृत्यु

२०८० जेठ ७, आईतबार ०९:४५ बजे

हेटौंडा – ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तामाङ रहेका छन् ।

भरतपुर महानगरपालिका–१२, टिकौली जंगलस्थित टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख ६६७४ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो ।

ट्रककोे ठक्कर स्कुटर चालक तामाङ र भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय बिशान्त ढकाल गम्भीर घाइते भएका थिए । उनीहरु उपचारको अस्पताल पठाईएकोमा तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका ढकालको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ट्रक चालक जिल्ला तनहुँ बस्ने ५० वर्षीय ढक बहादुर गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।