प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सांसद राजेन्द्र लिङ्देनद्वारा राजीनामा घोषणा

२०७९ भाद्र १९, आईतबार ०९:४५ बजे

काठमाडौं– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनले सांसदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले राजीनामा दिएका हुन्।

चुनावको मिति तोकिएसँगै संसद्को आयु सकिनुपर्नेमा सरकार फेरि कानुन बनाएरै संसद्को कार्यकाल लम्ब्याउन लागेको भन्दै लिङ्देनले राजीनामा दिएका हुन्।