काठमाडौं – एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपालले एक स्थानमाथि उक्लिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थानमाथि उक्लिएको हो ।
नयाँ वरीयता अनुसार नेपाल १६ औं स्थानमा उक्लिएको छ । नामिबियालाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लिएको हो ।
यस अघि नेपाल १७ औं स्थानमा रहेको थियो भने नामिबिया १६ औं स्थानमा थियो ।
नयाँ वरीयता अनुसार नेपाल भन्दा पछाडी नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ ।
वरीयताको शीर्ष स्थानमा भारत रहेको छ । त्यस्तै अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।
त्यसैगरी टी–ट्वान्टी वरियतामा नेपालमा १६ औं स्थानमा यथावत् रहेको छ भने शीर्ष स्थानमा भारत नै रहेको छ ।
सार्वजनिक गरेको वरीयता
