प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफैँ चढेको ट्र्याक्टरले किच्दा प्रधानाध्यापक राईको मृत्यु

२०८० जेठ ८, सोमबार ०८:०५ बजे

काठमाडौं – आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ।

विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा बाहुनीडाँडाकै झापाबाट कुर्लेघाटतर्फ जाँदै गरेको को२त ४६७६ नं को ट्र्याक्टरमा चढेका उनको रुपसे भन्ने ठाउँमा ट्र्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुङ्गुरको चारो लिन सोही ट्र्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए। कुर्लेघाटबाट चालकछेउमा बसेर फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्र्याक्टरबाट खसका उनको टाउकोमा पछाडिको पाङ्ग्राले किचेको हो ।

उनको शव परीक्षणका लागि आज जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।