प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टर्की भूकम्प: भग्नावशेषबाट १० दिने शिशु र आमाको जीवितै उद्धार

२०७९ माघ २७, शुक्रबार १४:३८ बजे

एजेन्सी - टर्कीमा भूकम्प गएको चार दिनपछि १० दिने शिशु र सुत्केरी आमाको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

टर्कीको दक्षिणी हाटाये प्रान्तमा आज उद्धारकर्ताहरूले करिब ९० घण्टापछि भग्नावशेषमा फसेका यागिज नाम गरेका १० दिने शिशुलाई सकुशल निकालेका हुन्।

उद्धारकर्ताहरूले निकै धैर्यतापूर्वक ती शिशुको उद्धार गरी अस्पताल पुराएका थिए। त्यसैगरी शिशुकी सुत्केरी आमालाई पनि सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ।

गत सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा हालसम्म २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ।