प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

२०७९ कार्तिक ४, शुक्रबार १५:३७ बजे

हेटौंडा – गुल्मीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।