प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू–२० एसियन कप छनोट: २५ सदस्यीय प्रारम्भिक टोली घोषणा

२०७९ भाद्र ८, बुधबार ०९:१० बजे

काठमाडौं – यु–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली छनोट भएको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

यु–२० राष्ट्रिय टोली

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना

डिफेन्डरः अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर

मिडफिल्डरः दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा

फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी