प्रहर खबर
 २०८३ भाद्र १७, बुधवार    

कविता : मलाई मात्र सताउँछौ

२०८० जेठ ३२, बिहीबार १५:०९ बजे

मलाई मात्र सताउँछौ तिमिले किन
माया गर्ने मान्छे झोक्यायौ किन
भन्नुपर्दा तिमि महान् रहेछौँ
मन चोर्न सिपालु कसरी भइछौँ

कति मिठो बोली सुनिरहूँ लाग्छ
आफ्नो भनी नजिक गएर बस्न मन छ
के भन्नु मनका सबै कुरा थाहा पाई सकेछौँ
मन चोर्न सिपालु कसरी भइछौँ

भाग्यमा छ भने मायालुको माया पाइएला
दिलमा मायाको फूल फुलिरहला
मन चोर्न सिपालु कसरी भइछौँ
भन्नुपर्दा तिमि महान् रहेछौँ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी