हेटौंडा – काठमाण्डौको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ बर्षीय संदिप तामाङ रहेका छन् ।
बाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई सोमबार साँझ ६ बजे ठक्कर दिएको हो । गम्भीर घाईते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।