प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीरबाट खसेर एकजनाको मृत्यु

२०८० फाल्गुन ६, आईतबार २०:५६ बजे

दार्चुला – दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन् ।

सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।