हेटौंडा – वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गापा–३ बस्ने वर्ष ३६ का राजेन्द्र बीसी रहेका छन् । उनिहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
उनीहरु सबै स्वास्थ्यकर्मी हुन्। दिपेन्द्र दैलेख डुंगेश्व गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए। सागर भने सवारी चालक हुन्।
त्यसैगरी, दुर्घटनमा परि दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाही गम्भीर घाइते भएका छन् । उनको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको थियो ।