प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८० भाद्र २८, बिहीबार ०१:३८ बजे

डडेलधुरा – डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताए ।

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।