प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मतपत्र छपाइ सम्पन्न

२०७९ कार्तिक १९, शनिबार ०८:२० बजे

हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार ५०० र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।