हेटौंडा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गतको देशको अधिकांश पालिकाको मतगणना सम्पन्न भएको छ भने केहीको मतगणना जारी छ । निर्वाचन आयोगले मंगलबार साँझ ७ बजे दिएको जानकारी अनुसार ७४१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३२२ पालिका जितेको छ । नेकपा एमाले २०३ पालिका जित्दा नेकपा माओवादी केन्द्रले १२१ पालिका जितेको छ । जसपा नेपालले ३०, नेकपा एकीकृत समाजवादीले १९, लोसपा नेपालले १६, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा र नागरीक उन्मुक्ति पाटीले ४–४ स्थानीय तहमा जित हासिल गरेको छ ।
त्यस्तै जनमत पार्टीले दुई, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साँझ पार्टीले एक–एक स्थानीय तहमा जित्दा स्वतन्त्रले १२ पालिकामा जितेको छ ।
जसमा सबैभन्दा बढी नेपाली कांग्रेसका विभिन्न पदका १३ हजार ६३० उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेको ११ हजार ७७६, नेकपा माओवादी केन्द्रको ५ हजार १९ , जसपा नेपालको १ हजार ५३३, नेकपा एकीकृत समाजवादीको ९७९ उम्मेदवार बिजयी हुँदा ३८३ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
हेर्नुहोस, यस्तो छ दलगत बिवरण