प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

यस्तो छ तपाईंको आजको राशिफल

२०८० पौष २२, आईतबार ०७:२५ बजे

आज - २२ पौष २०८० आइतवार को राशिफल

मेष– आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

मिथुन–आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ ।

सिंह–आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ ।

तुला–आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव पनि बढ्नेछ ।

धनु–मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कुम्भ–आज साथीभाइसँग रमाइलो गरि दिन बित्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको साथ र सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

बृष–सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

कर्कट– औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।

कन्या– परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्नेछ ।

बृश्चिक– आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मकर– आज सेवा गर्ने अवसर जुट्न सक्छ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धन हात पार्न पनि सक्छ ।

मीन–आज काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल