प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ जेठ १६, सोमबार ०८:२९ बजे

हेटौंडा – ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । दाङको राप्ती गाँउपालिका ४ श्रीनारायण चोकमा सोमबार बिहान ट्रकको ठक्करबाट स्थानीय ५२ बर्षीय बलु गिरीको मृत्यु भएको हो ।

अस्थाई नम्बर प्लेटको मिनि ट्रकले सोमबार बिहान पौने ६ बजे पैदलयात्री गिरीलाई ठक्कर दिएको हो । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङ दाङले नियन्त्रणमा लिएको छ ।