प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

भरतपुरमा ग्यास बुलेटमा आगलागी, नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

२०७९ जेठ १३, शुक्रबार ०८:५१ बजे

काठमाडौं – ग्यास बोकेको बुलेटमा आगलागी भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । शुक्रवार दिउँसो १ बजेतिर भरतपुर महानगरपालिका–२९ को १५पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको हो ।

बुलेटमा आगलागी भएपछि ग्याँस लिकेज भएको हुन सक्ने र जोखिम बढाएकाले सडक खण्ड बन्द गरिएको हो । अवस्था पूर्णरूपमा सुरक्षित छ भन्ने भएपछि मात्रै सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

 दुईतर्फी नै गाडी नचल्दा सडकमा गाडीको लामो लाइन लागेको छ ।आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।