प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

राजस्व कार्यालयका अधिकृत ३० हजार घुससहित पक्राउ

२०७९ श्रावण १८, बुधबार १३:४६ बजे

हेटौंडा – आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले ३० हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. २, स्थित आन्तरिक राजस्व कार्यालय महाराजगंजबाट बुधबार नियन्त्रणमा लिएरअनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।