काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुनेछ भने बाँकी भेगको मौसम भने समान्यतः सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
मधेश प्रदेशसहितका तराईका अधिकांस जिल्लामा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।