हेटौंडा – पर्साको ठोरी गाउँपालिका ४ मा आज स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिल बहादुर श्रेष्ठका १३ वर्षीय छोरा विश्वास रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा तराई अस्पताल विरगंजमा बिहान सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कोचिङ पढि घर फर्कने क्रममा बालकलाई बागमती प्रदेश ०१–०२६ च ०३०३ नम्बरको स्कारपियो जिपले आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।
ठक्कर दिने जिप सहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।