काठमाडौं – चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट २ किलोग्राम सुन सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका–५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।
भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बिस्कुट आकारमा २ थान सुन सहित उनीहरूलाई पक्राउ गरेको हो ।
रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्सबाट उक्त सुन र ६ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।