प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बस त्रिशूलीमा खस्दा १६ जना घाइते

२०७९ कार्तिक १९, शनिबार १४:२२ बजे

काठमाडौं – काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खसेको छ । 

बा ४ ख ५७९० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।