मकवानपुर – आइतबार चार जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका–३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने सोही महानगरपालिका–९ घर भएका ३९ वर्षीय सञ्जीव नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी चन्द्रागिरि नगरपालिका–१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता बर्दियाको बढैयाताल गाउँपालिका–१ सानो डाँफे बटैयास्थित गौमती चौहानको घर आँगनमा बाँके नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने ५५ वर्षीय साबिर शेख आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै तनहुँको ब्यास नगरपालिका–१० शियोर रातोमाटे बस्ने ३३ वर्षीय अनिल दाहाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।