प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

२०८० जेठ २३, मंगलबार १३:५० बजे

हेटौंडा – २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ पक्राउ परेका हुन् ।

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।