प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत फेला

२०८० आश्विन २४, बुधबार १६:०८ बजे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत भेटिएको छ। खोरिया मुहान क्षेत्रमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो। मृत गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गत २१ गते साँझ नेपाली सेनाको खड्गदल गण र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीको क्रममा मृत गैंडा भेटिएको हो। भाले गैंडाको आक्रमणबाट पोथीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको तिवारीले बताए।