प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

२०८० असार १२, मंगलबार ०९:२४ बजे

काठमाडौं – अनलाईन ग्याम्बलिङरअनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–९ घर भई हाल काठमाडौंको कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, २५ वर्षीय विबेक चौधरी, काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका–२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् ।

राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाईन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाईन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।