हेटौंडा – धादिङको निलकण्ठ नगरपालिका–२ स्थित इजरामा मंगलबार सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन्। स्थानीय नानिराम रेग्मीको घरमा काम गर्ने ३६ वर्षीय कमले सार्की सुतिरहेको अवस्थामा मृत रुपमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँखु पानधारे घर भई सार्की एक बर्ष अगाडि देखि नानिरामको घरमा काम गरि बस्दै आएका थिए । मृतक कमले सार्की सुतिरहेको अवस्थामा मृत रुपमा फेला परेका थिए । घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।