काठमाडौं – उत्तरप्रदेशको बिजनौरमा शनिबार बिहान भएको कार दुर्घटनामा सात जनाको ज्यान गएको छ। स्थानीय प्रहरीका अनुसार एक क्रेटा कारले अटोरिक्सालाई ठक्कर दिँदा यो दुःखद घटना भएको हो।
भारतको समाचार एजेन्सी पीटीआईका अनुसार, क्रेटा कारले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अचानक लेन परिवर्तन गर्दा अटो रिक्सा दुर्घटनामा पर्यो। दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको र अटो रिक्सा चालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।
मृतक सबै जना धामपुर निवासी थिए, र उनीहरू मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा शोक व्यक्त गर्दै तत्काल अनुसन्धान गर्न र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।