प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टोपबहादुर रायमाझी अस्पताल भर्ना

२०८० चैत्र १५, बिहीबार ०९:४६ बजे

काठमाडौं – नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।

मुटुको चालमा गडबडी भएपछि उनलाई बुधबार बिहान साढे ८ बजे तिर महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

‘मुटुको चाल अलि कम भएको र रिँगटा समेत लागेपछि मनमोहनमा ल्याइएको रहेछ। अहिले हाम्रो कार्डियोलोजी टिमले हेरिरहेको छ। हल्टर मोनिटर लगाएर समस्याको पहिचान गर्न खोजिएको छ। २४ घण्टा मा त्यसले दिएको रिपोर्टको आधारमा टिमले आवश्यक निर्णय लिन्छ,’ मनमोहनका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले भने।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रहेका व्यक्ति हुन्।