प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

२०७९ फाल्गुन ३, बुधबार १०:४१ बजे

काठमाडौं – कलाकार पवन खतिवडा म्याकुरीलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । खतिवडाले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मङ्गलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एउटा होटलमा भएको घटनामा खतिवडासहित अन्य दुई युवा पक्राउ परेका हुन् । बेलबारीकै एक स्थानीय युवकलाई कुटपिट गरेको अभियोगमा तीन जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट युवक सामान्य घाइते भएको बताइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।