प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अनलाइनबाट यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप २ जना पक्राउ

२०८० मंसिर १८, सोमबार १७:२० बजे

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका–१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरीको सञ्चारशाखाले जनाएको छ । यसअघि आइतबार सोही अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।