प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालको लक्ष्य, अन्तिम खेल विश्वकप खेल्ने

२०७९ फाल्गुन १८, बिहीबार ०३:५८ बजे

काठमाडौँ – नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज बिहिबार यूएईसँग खेल्दैछ ।

सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ ।


लगातार ४ खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । चार खेल खेलेका दुवै टोलीको समान अंक छ । तर, यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।


नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने योजना बनाउने योजनामा छ ।

त्यसैले आजको खेलमा नेपाललाई सहज जितको अपेक्षा हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।