प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०७९ असार १९, आईतबार ०५:४२ बजे

काडमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तैतेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत साताको शक्रुबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ । गतसाताको शुक्रबार १ हजार २१० रुपैयाँ थियो ।