प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मध्यपहाडी लोकमार्गबाट जिप खस्यो, दुई जनाको मृत्यु

२०८० असार ६, बुधबार ०४:२४ बजे

काठमाडौं – बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा सडकदेखि जिप खस्दा दुई जनाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गलकोटदेखि बागलुङ आउँदै गरेको जिप बुधबार बिहान अनियन्त्रीत भएर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १ च ९४८५ नम्बरको उक्त पिकअप जिप सामान बेच्न हिँड्ने गरेको खुले पनि मृतकको पहिचान भने भएको छैन । जिप सठकदेखि ५ सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।