प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो

२०८१ श्रावण १४, सोमबार १८:५९ बजे

काठमाडौं – उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।

शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।