प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाललाई पाँचौं सफलता

२०७९ चैत्र २, बिहीबार ०६:२८ बजे

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ ।

दीपेन्द्र सिंह ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरेका हुन् । मुस्तफा ३१ बलमा २० रन बनाई पेभेलियन फर्किए । 

यस खेलमा दिपेन्द्रको यो दोस्रो विकेट हो । यसअघि उनले युएईका आयन खानलाई ३ रनमा आउट गरेका थिए ।