काठमाण्डौ । नारायणगढ–बुटवल सडक खण्डमा गाडी गुड्न समस्या भए पनि नारायगढ–मुग्लिन सडक खण्डमा भने समस्या नरहेको प्रहरीले जनाएको छ।
तर यो सडक खण्डको कुनैकुनै ठाउँमा माथिबाट ससाना ढुङ्गाहरु झर्ने क्रम नरोकिएको हुँदा हेरेर, बुझेर मात्रै सुरक्षित यात्रा गर्न डिभिजन सडक कार्यालय भरतपुरले आग्रह गरेको छ ।