प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गैंडाको आक्रमणबाट सुवेदी घाइते

२०८० पौष २३, सोमबार ११:५९ बजे

हेटौंडा – गैंडाको आक्रमणबाट चितवनमा एक जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नं.७ पडरिया बस्ने ४९ बर्षीया जानुका सुवेदी घाइते भएकी हुन् ।

आइतबार दिउँसो आफ्नै खेतमा घांस काट्ने क्रममा गैंडाले सुवेदीमाथि आक्रमण गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाईते भएकी सुवेदीको भरतपुर सरकारी अस्पताल उपचार भइरहेको बताईएको छ ।

उनको ढांडमा चोट,अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।