प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

अभिनेत्री ठक्कद्वारा आत्महत्या

२०७९ आश्विन ३१, सोमबार ०८:०२ बजे

काठमाडौं – भारतीय टेलिसिरियलकी चर्चित अभिनेत्री वैशला ठक्कर आफ्नै निवासमा मृत फेला परेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया वैशला आइतबार मध्यप्रदेशको इन्दौरस्थित निवासमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

प्रहरीले उनको शव पोस्टमार्टमका लागि एमएस अस्पतालमा पठाएको छ। एक वर्षदेखि बस्दै आएको निवासबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। तर, मृत्युको कारण भने नखुलेको समाचारमा उल्लेख छ। प्रहरीले उनको आत्महत्याबारे अनुसन्धान गरिरहेकोे समाचारमा जनाइएको छ।

गत वर्ष केन्याका दन्त सर्जनका साथ इन्गेजमेन्ट गरेकी वैशलाले एक महिनाभित्र नै उक्त इन्गेजमेन्ट तोडेकी थिइन्। सन् २०१५ मा स्टार प्लसको चर्चित सिरियल ए रिस्ता क्या कहलता हैबाट अभिनय सुरु गरेकी उनले ससुराल सिमरका, ए हे आशिकी, सुपर सिस्टर्स, विष और अमृतलगायतका चर्चित सिरियलमा अभिनय गरेकी थिइन्।