हेटौंडा – साथीसंग गाईगोरू किन्न गएका एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । सिन्धुली कमलामाई नगरपालिका–१३, माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्ण प्रसाद दाहालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दाहाल सोही ठेगाना बस्ने साथीसंग गाईगोरू किन्न गएका थिए । गाईगोरू किनेर घर फर्किने क्रममा खिरखिरे चन्दनपुरस्थित कमलामाई खोलामा गोरू तार्ने क्रममा दाहाललाई बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।