प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफैले चलाएको साइकलबाट लडेर एक जनाको मृत्यु

२०८० पौष १८, बुधबार १७:०१ बजे

हेटौंडा – आफैले चलाएको साइकलबाट लडेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा, कोल्बी स्थायी घर भएका अन्दाजी ५० वर्षीय देवेन्द्र चौधरी रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार भरतपुर महानगरपालिका–१५, बिष्णुचोकस्थितमा भद्रकाली टोल बस्दै आएका चौधरी आफैले चलाएको साइकलबाट लडेर चौधरी गम्भीर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।