प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

२०७९ फाल्गुन २७, शनिबार १३:०३ बजे

हेटौंडा – घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलस्थित स्थानिय राम बहादुर मगरको घरमा आगलागी हुँदा उनको ६ बर्षीया छोरी जस्मिन मगर र २ बर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुका सवा ५ बजे मगरको ढुंगा माटोले बनेको दुईतले घरमा बिधुत सर्ट भएर आगलागी भएको हो । घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

अभिभावक नभएको अबस्थामा घरमा आगलागी हुँदा घरभित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकेर जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तन समेत जली करिव १० लाख बरावरको क्षेति भएको छ ।