प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहरी जवानद्वारा आत्मघाती प्रयास, गम्भीर घाइते

२०८१ पौष १२, शुक्रबार १९:३९ बजे

काठमाडौं – कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन्। प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँले पेस्तोलमार्फत गोली प्रहार गर्दा गम्भीर घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीका अनुसार न्यौपानेको निधारमा गोली लागेको छ। घाइते न्यौपानेलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ, र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

जवान न्यौपाने जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।