प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

नक्कली नोटसहित हेटौंडाका चौलागाईं पक्राउ

२०८० कार्तिक २४, शुक्रबार ०८:११ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नयाँवस्तीस्थित सडकबाट नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । ५ सय दरका २० थान नक्कली नोट सहित हेटौंडा उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र–२–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट उक्त नक्कली नोट फेला पारी चौलागाईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।