काठमाडौं – तनहुँ ब्यास नगरपालिका-११ मुलपानी बस्ने ५२ वर्षीय वीर बहादुर तामाङको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरको विजुलीको तार मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५ बलेफी बजार बस्ने २२ वर्षीय उमेश श्रेष्ठको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको छ। फलामको टेबुल उचाल्ने क्रममा टेबलले मिटरबक्सको तार छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको खाडिचौर सदाबहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिरहा, नवराजपुर गाउँपालिका-४ बस्ने ३६ वर्षीय हरेराम मण्डलको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ। सोही ठाउँस्थित आफ्नै धान खेतमा मोटरबाट पानी लगाउने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको मृत्यु भएको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।