प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८० फाल्गुन २६, शनिबार १७:४८ बजे

हेटौंडा – सिरहाको गोलबजार नगरपालिका४ धर्मकाँटामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–८ बस्ने १७ वर्षीय विवेक उराउ रहेका छन् ।

बा.९ च ६५६६ नम्बरको कारले प्रदेश ०१–००४ प ४९९४ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा उराउको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लाइफ लङ्ग हेल्थकेयर गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।