प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ चैत्र ३०, बिहीबार ०९:२७ बजे

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका १ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जितपुरबाट पथलैयातर्फ जादै गरेको बा ४० प ६४ ४३ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका जितपुर सिमरा उपमहानगरपालिका १६ बस्ने अन्दाजी ४० वर्षीय सन्तराम राईको उपचारको क्रममा परवानीपुर स्थित वयोधा अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।