प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको मूल्य स्थिर

२०७९ फाल्गुन १०, बुधबार ०७:२२ बजे

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन मंगलबार दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज भने यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि यथावत छ । तेजाबी सुन आज प्रतितोला एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने ५ रुपैयाँ बढेको छ । मंगलबार एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९५ रुपैयाँमा किनबेच भइरहेको छ ।