काठमाडौँ – बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
उनकाअनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका थिए। प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। अदालतमा बमजनले किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।